काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४१ अङ्कले घटेको छ। १.८७ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ४९ अङ्कमा आइपुगेको छ भने कारोबार रकम भने साढे ५ अर्ब हाराहारीको छ । आज १ करोड ४४ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
परिसूचक घटे पनि ४ वटा कम्पनीको सेयर मूल्य उच्च अङ्कले बढेको छ । कुमारी धन वृद्धि योजना, सिंगटी हाइड्रो इर्नजी, बाराही हाइड्रोपावर र एनआईबीएस समृद्धि फण्ड- २ को सेयर मूल्य उच्च अङ्कले बढेको हो ।
यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१८ प्रतिशतले घटेको छ । आज नेप्सेमा शिवम सिमेन्टको सेयर २२ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १६:२९