काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री क.माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधि मण्डलबीच भेटघाट भएको छ । जापानी संसदका सदस्य मासाकी जैरासँग आलोकनगर, मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटघाट भएको हो ।
भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयलगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको हो ।
भेटघाटका क्रममा आर्थिक लगानीका विषयमा जापानका प्राथकितासम्बन्धी सुझावको आदान प्रदान भएको छ । जापानमा नेपाली श्रमिकको भूमिका, श्रमका क्षेत्रमा नेपालको योगदानका विषयमा जापानको तर्फबाट सकारात्मक धारणा व्यक्त गरे ।
नेपालले नेपालको विकासका लागि जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयको विकास, प्रवद्र्धन तथा संरक्षणका निम्ति जापानको भूमिका सह्रानीय रहेको र आगामी दिनमा यस्तै भूमिकाको अपेक्षा गरिएको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १६:३९