काठमाडाैं -झन्डै १ दशक लामो संगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादन गरेका मिलन बिश्वकर्माले जिते रारा राष्ट्रिय म्युजिक अवार्ड हात पारेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा सम्पादनको भूमिकाबाट ५ मध्ये उनि उत्कृष्ट बनेर अवार्ड हात पारेका हुन्।
काठमाडाैंको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभा गृह हलमा उनि अवार्डबाट सम्मानित भएका भएका हुन्।आम नेपालीको मन जितेका लोकप्रिय भिडियो सम्पादक मिलन बिश्वकर्मा यो बेला कलाकारको पहिलो रोजाई बन्ने गर्छन।उनले सम्पादन गरेका अधिकांश गीतहरु संगीत क्षेत्रमा करोड क्लबमा प्रवेश गर्न सफल गीतहरु पर्दछन।
केहि समय अगाडी मात्रै उनैले सम्पादन गरेको उत्कृष्ट गीत ‘घुम्तीमा रेल’बाट रारा राष्ट्रिय म्युजिक अवार्डबाट उत्कृष्ट सम्पादनको अवार्ड हात पारेका छन्। हाल सम्म मिलनले झन्डै ३ हजार भन्दा बढी म्युजिक भिडियोको सम्पादन गरिसकेका छन्।
दाङ जिल्लाको तुलसीपुर नगरपालिका वडा न ९ मा २०५२ सालमा जन्मिएका मिलन सानैदेखि केहि गरौ भन्ने सोच बोकेका थिए,पढाइमा पनि उनि निकै उत्कृष्ट बिधार्थीभित्र पर्ने गर्दथे।१७ बर्षकै कलिलो उमेरदेखि सम्पादनमा चासो राखेर अगाडी बढेका उनि हाल अहिले चलेका सम्पादकहरुको उत्कृष्ट लिष्ट भित्र पर्दछन्।
हाल उनी बि स्टार फ्लिम्समा कार्यरत छन् भने उनकाे आफ्नै प्रोडक्सन हाउससमेत रहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १८:१२