एजेन्सी – ‘रक एण्ड रोल’ म्युजिकका राजा एल्विस प्रेस्लीकी एक्ली छोरी गायिका लिसा मेरी प्रेस्लीको बिहीबार लस एन्जलस–क्षेत्रीय अस्पतालमा ५४ औं वर्षको उमेरमा मृत्यु भएको छ । उनको मृत्युको घोषणा उनकी आमाले दिएकी हुन् ।
‘मेरी सुन्दरी छोरी लिसा मारीले हामीलाई छोडेर गएको छ । यो दुखको समाचार सुनाउनु पर्दा निकै पिडा भइरहेको छ।’ उनकी आमा प्रिसिला प्रेस्लीले एक विज्ञप्तिमा भनिन्।
‘उनी मैले अहिलेसम्म चिनेकी सबैभन्दा भावुक, बलियो र मायालु महिला थिइन। हामी यो गहिरो क्षतिको सामना गर्ने प्रयास गर्दा गोपनीयताको ख्यान गरिदिन अनुरोध गदछौँ ।’ विज्ञप्तिमा थपिएको छ।
लिसा मारी प्रेस्ली फेब्रुअरी १९६८ मा मेम्फिस, टेनेसीमा जन्मिएकी थिइन् । उनका बुबा एल्विसको ४२ वर्षको उमेरमा त्यहाँ मृत्यु हुँदा उनी नौ वर्षकी थिइन्।
उनको आफ्नै संगीत क्यारियर सनु २००३ को पहिलो एल्बम ‘टु हम इट मे कन्सर्न’ बाट सुरु भयो जुन बिलबोर्ड २०० एल्बम चार्टको शीर्ष स्थानमा पुगेको थियो। तेस्रो एल्बम, ‘स्टोर्म एन्ड ग्रेस’ २०१२ मा जारी भएको थियो।
लिसा मेरी प्रेस्लीको चार पटक विवाह भएको थियो। उनले सन् १९९४ मा पप स्टार माइकल ज्याक्सनसँग विवाह गरेकी थिइन्न । उनको पहिलो पति संगीतकार ड्यानी केउसँग सम्बन्धविच्छेद भएको २० दिनपछि। ज्याक्सनले बाल यौन दुराचारको आरोपमा लडिरहेका बेला सन् १९९६ मा उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए ।
प्रेस्लीले सन् २००२ मा अभिनेता निकोलस केजसँग विवाह गरे, जो उनको बुबा एल्विसको प्रशंसक थिए। केजले चार महिना पछि सम्बन्धविच्छेदको लागि दायर गरे।
उनको चौथो विवाह उनको गिटारवादक र संगीत निर्माता माइकल लकवुडसँग भएको थियो। उनीहरुको सम्बन्धविच्छेद २०२१ मा भएको थियो ।
उनको एक मात्र छोरा, बेन्जामिन केउ, आफै एक संगीतकार थिए जसको , २०२० मा २७ वर्षको उमेरमा आत्महत्याद्धारा मृत्यु भएको थियो ।
उनको छोराको मृत्युले आफु पुर्ण रुपमा नष्ट भएको लिसा मारी प्रेस्लीले पीपल म्यागजिनको लागि एउटा निबन्धमा आफ्नो छोरालाई सम्झिन्दै इन्स्टाग्राममा पोष्ट गरेकी थिइन ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ १२:३३