काठमाडौं-नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित भएको छ ।
आज बिहान भएको निर्वाचनमा उनले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गरेको थियो ।
सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नु परेकामा साहले चार र भट्टराईले तीन मत प्राप्त गरेको जनाइएको छ ।
माओवादी केन्द्रबाट मधेस प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई निलम्बनमा छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ १३:११