एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति र प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमसँगको भेटमा सबै तहमा विद्यमान द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
रसिदको निमन्त्रणामा बिहीबारदेखि शुक्रबारसम्म युएईको दुईदिने औपचारिक भ्रमणमा रहेका सरिफले लगानीका अवसर खोज्नका लागि दुई देशका निजी क्षेत्रबीचको सञ्चारलाई तिव्रता र सुदृढ तुल्याउनुपर्नेमा जोड दिएको छ ।
शरीफले पाकिस्तान र युएईबीचको ऐतिहासिक सम्बन्धको पनि प्रशंसा गरेको र द्विपक्षीय सहयोगलाई थप अभिवृद्धि गर्न युएईको नेतृत्वसँग मिलेर काम गर्ने आफ्नो सरकारको प्रतिबद्धता दोहोर्याएको हो ।
राशिदले पाकिस्तानी प्रधानमन्त्रीलाई दुबईमा स्वागत गर्दै उनको नेतृत्वमा पाकिस्तानको प्रगति र विकासको लागि शुभकामना व्यक्त गरे ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९ १५:११