काठमाडौं– पशुपतिनाथ जङ्गलको किरातेश्वर मन्दिर नजिकैँ शरीर जलेको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
शव भेतिएसँगै अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् । जलेको शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९ १०:३६