नेपालगन्ज, बैशाख १० । ६ बुदें प्रतिबद्धता जाहेर गर्दै सडकको गुणस्तरियता बिषयक अन्तरक्रिया कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । नेपालगन्ज स्थित सरोकारवाला तथा सर्वसाधारणको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा गरिएका प्रतिबद्धताहरुमा नेपालगन्ज जमुनाहा राँझा सडक खण्डको सुधारका लागि निरन्तर रखवारी गर्ने, सडक विस्तारका लागि रेलिङ्ग राख्न सहयोग गर्न सम्बद्ध सबैलाई आव्हान गर्ने, सडक सुधार नभई÷नगरि ठेकेदार कम्पनिबाट हस्तान्तरण हुदाँ सडक ग्रहण नगर्ने, ठेकेदार कम्पनीलाई भुक्तानीहुन बाँकी रकम पूर्ण कार्य सम्पादन नहुँदा सम्म, सुधार नहुँदा सम्म भुक्तानीकालागि सिफारिस नगर्ने, ठेकेदार कम्पनीबाट सडक हस्तान्तरण हुनुपूर्ब, अनिवार्य सार्वजनिक सुनुवाई गर्न सम्बद्धलाई आव्हान गर्ने र सडक निर्माणका क्रममा भएका प्राविधिक त्रुटीहरु र सम्पादन हुन बाँकी कामहरु पुरा गर्न सडक डिभिजनबाट सम्बद्ध निकायलाई पत्राचार गर्न अनुरोध गर्ने प्रतिबद्धता गरिएका छन् ।
प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहागरपालिकाका पूर्व उपमेयर धवल शमसेर राणा, डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख अर्जुन कुमार बम, नेपालगन्ज उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बरिष्ट पत्रकार पूर्णलाल चुके, जिल्ला ट्राफिक प्रहरी कार्यालयका टुकाराम अधिकारी, उच्च अदालत बार नेपालगन्जका लोक बहादुर शाह, स्थानीय मानब अधिकार संजाल बाँकेका संयोजक तेज बिक्रम शाह, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सरोज पौडेल, गैसस नेटवर्क बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, सरसफाई कार्यकर्ता डाक्टर बिनोद कर्णले हस्ताक्षर गरेका छन् ।
बासका कार्यकारी निर्र्देशक नमस्कार शाहले संचालन गरेको कार्यक्रममा बोल्ने सहभागीहरुले ठेकेदार कम्पनीले गरेको काम गुणस्तरीय नभएको बताएका थिए । कार्यक्रममा बरिष्ठ पत्रकार पूर्णलाल चुकेले सडकको दुर्दशाका कारण दुर्घटनाहरु दिनहुँ बढिरहेको बताए ।
सरसफाई अभियन्ता डाक्टर बिनोद कर्णले सडक निर्माणका नाममा ठेकेदार कम्पनीले अचाक्लिे गरेको बताए । नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण पसाद श्रेष्ठले सडक सुधारका लागि सम्बद्ध निकाय सचेत हुनुपर्ने बताए ।
सडक डिभिजन कार्यालयका प्रमुख अर्जुन कुमार बमले सडक गुणस्तरिय नभएको स्विकार गरे । उनले सडक सुधारका लागि ठेकेदार कम्पनीलाई पटक, पटक निर्देशन दिँदा पनि बेवास्ता गरेको बताए । उनले सडक सुधार नभए सम्म सडकको स्वामित्व सडक डिभिजनले नलिने बताए ।