एजेन्सी- शकिराको नयाँ गीतले २४ घण्टमा युट्युबमा ६३ मिलियन भ्युज पाउदै रेर्कड ब्रेक गरेको छ । जसमा पूर्व पार्टनर जेरार्ड पिकेको खिल्ली उडाइएको छ । यो गीतलाई २४ घण्टामा युट्युबमा ६३ मिलियन पटक हेरिएको छ । यो इतिहासमा सबैभन्दा धेरै हेरिएको नयाँ ल्याटिन गीत बनेको छ ।
शकिरा र फुटबलर पिके एक दशक भन्दा बढी सँगै बसेपछि गत वर्ष अलग भएका थिए। उनीहरुका दुई सन्तान छन् । पिकेले २३ वर्षीया क्लारा चियासँग नयाँ सम्बन्ध सुरु गरिसकेका छन् ।
गीतमा, अर्जेन्टिनाका निर्माता र डीजे बिजारापसँग शकिराले सहकार्य गरेकी छन् ।
गीतमा शकिराले पिके र उनको नयाँ प्रेमिकाको लागि व्यंग्य गरेकी छन् । साथै शकिराकी सासू, मिडिया र स्पेनी राजस्व अधिकारीहरूसँगको उनको जारी मुद्दाहरू उल्लेख पनि समावेश छ। ‘तिमीले मलाई मेरी सासुसँग छिमेकीको रूपमा, मेरो ढोकामा प्रेस र करदाताको ऋण लिएर छोड्यौ,उनी गाउँछिन्।
सन् २०१२ र २०१४ को बीचमा १३.९ मिलियन डलर कर तिर्न असफल भएको र आफ्नो आम्दानी लुकाउन शेल कम्पनीहरू प्रयोग गरेको आरोप लागेपछि शकिरालाई स्पेनमा कर छलीको लागि मुद्दा चलाउने तयारी गरिएको थियो । शकिराले भने यस प्रकारका समाचालाई अस्वीकार गर्दै आएकी छन् ।
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९ १३:५८