काठमाडौं– कपिलवस्त नगरपालिकाका मेयर सुदीप पौडेलले कपिलवस्तु जिल्लाको ऐतिहासिक र बुद्धनगरी कपिलवस्तु नगरपालिकाको विकासमा कुनैपनि कसर नछाडिने प्रतिबद्धता ब्यक्त गरेका छन । समृद्ध नगर खुशी नगरवासी, स्थिर र दिगो विकासको लागिू नारा सहित नगरपालिको १२ औ नगर सभा तथा हिउदे अधिबेशनमा सम्बोधन गर्दै उनले आगामी ५ बर्ष भित्र कपिलवस्तु नगरपालिकाको मुहार फेरिने गरी विकास गरिने बताए ।
उनले हुलाकी बाटो निर्माण संपन्न भए पनि लाईटिङको ब्यवस्था नहुदा समस्या आएको भन्दै नगरको सुन्दरीकरणका लागि पनि जमुहार देखि छोटकी तौलिहवा सम्म हुलाकी सडक आयोजनाको सहयोगमा लाईटिङको ब्यवस्था हुने बताए ।
गब्दाहवामा छाडा चौपायाको स्थायी ब्यवस्थापन गर्ने, ताल तलैयाको संरक्षण र सुन्दित्रीकरण, बिद्यालयका भौतिक अवस्थाको सुधार, । १२ वटै वडामा डिटिल वडा पत्र निर्माण, बसपार्कमा लाईटिङको गरी सुन्दिरीकरण गर्ने, कपिलवस्तु नगरपालिकाको वडा नम्बर ८ कचरीहावा गाउँमा नाली तथा सडक निर्माण, वडा नम्बर ९ मा जगदीशपुर सडक छेउमा माटो पटान, वडा ३ मा कृषि विकास कार्यालय देखि सुखरामपुर जाने सडकमा कल्भर्ट निर्माण, वडा ८ मा पश्चिम बेलौहाको धर्मशालामा सौचालय निर्माण, वडा ३ मा महिता देखि बर्गदवा गाउँ सडकमा कल्भर्ट निर्माण, वडा १० मा वगियाडाडा देखि दुर्गा मन्दिर प्रंगाड सम्म पिसिसि ढलान, ट्राफिक कार्यालयको पर्खाल निर्माण, प्रशासन अगाडि डिकजिटल बोर्ड, कृषि विकास बैंक देखि महिताको बाटो यहि माघ महिनामा निर्माण गर्ने गायतका काम समेत यसै बर्ष हुनेछ ।
कपिलवस्तु नगरपालिका को १२ औँ नगरसभामा उपमेयर सुनिता गुप्ता , कपिलवस्तु नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खाँ, वडा नम्बर ३ का प्रकास गैरे वडा नम्बर २ का अशोक कुमार गुप्ता लगायतका १२ वटा कै वडा अध्यक्ष एवं सदस्यहरु, नगरपालिकाका सल्लाहकार डा। अब्दुल रसिद खाँ, कपिलवस्तु नगरपालिकाका कार्यालय प्रमुख शेषकान्त पौडेल, शिक्षा शाखाका बि. नि.नगरपालिकाका ई. राजेश शहानी लगायत विभिन्न कार्यालय बाट पाल्नु भएका अतिथिहरु को उपस्थितिमा भव्य तथा सव्य रुपमा कपिलवस्तु नगरपालिकाको १२ औँ नगर सभा तथा हिउदे अधिबेशन सम्पन्न भएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९ १५:२३