पोखरा– गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित भएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकले धिताललाई ३२ संसदको मतसहित सभामुखमा निर्वाचित गराएका हुन् । सभामा ५८ संसदको उपस्थित रहेको थियो । सभालाई एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सञ्चालन गरेको थिए ।
धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदको मत सहित सभामुखमा निर्वाचित भएका हुन् । बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने अर्का सांसद रोशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन जनाएका थिए ।
सभामुखमा कांग्रसबाट सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिएकी थिइन् । तर, उनको उम्मेदवारमाथि मत विभाजन भएर मत परेन । धिताललाई एमालेका २२, माओवादीका ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद मनाङेले मतदान गरेका हुन् । शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले ३१ सांसदको विश्वासको मत पाएका थिए ।
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९ १६:३०