एजेन्सी– मिस युनिभर्सको २०२३ को उपाधि मिस युएसए रबोनी गेब्रियलले जितेकी छन् ।
तीन घण्टा लामो मिस युनिभर्स प्रतियोगिता शनिबार, जनवरी १४ मा न्यू अर्लिन्सको अर्नेस्ट एन मोरियल कन्भेन्सनमा सम्पन्न भएको थियो । यस प्रतियोगितामा विश्वभरका ८० भन्दा बढी महिलाहरूले मिस युनिभर्सकोउपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । गेब्रियलले ८० भन्दा बढि प्रतिस्पिधलाई पछि पार्दै ७१औं मिस युनिभर्सको उपाधि हासिन गरेकी हुन्।
मिस युनिभर्सको विजेता २८ वर्षीया मिस यूएसए रुबोनी गेब्रियल, ह्युस्टन, टेक्सासकी फेसन डिजाइनर हुन् ।
मिस युएसएको उपाधि जित्ने पहिलो फिलिपिनो अमेरिकी गेब्रियल फेसन डिजाइनर, मोडल र सिलाई प्रशिक्षक हुन्। उनले युनिभर्सिटी अफ नर्थ टेक्सासबाट स्नातक डिग्री फेसन डिजाइनमा माइनर इन फाइबर्स गरेकी छन् । उनलाई सन् २०२२ को मिस युनिभर्सको विजेता हनार्ज सन्दुकले ताज पहिराएकी थिईन् ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ १०:५०