काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा ११ सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ५ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रूपैयाँ कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ४ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३६० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ ११:५७