काठमाडौं– पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।
दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।
जहाज पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा खसेको थियो ।