प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा नजाने भएका छन् । उद्दार प्रभावित हुने देखिएको पछि प्रधानमन्त्री प्रचण्डले यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित गरेको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो ।
प्रधानमन्त्री प्रचण्ड सहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम रहेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ १५:०२