काठमाडौं– यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न थालिएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा शव पोस्टमार्टम गर्न थालिएको हो ।
सनाखत भएको शव पोस्टमार्टम गरेर अस्पतालबाटै आफन्तलाई जिम्मा लगाइने छ। ‘सनाखत भएको शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउँछौँ’ डिआइजी जोशीले भने–‘शव पोस्टमार्टम सुरु भएको छ ।’
अन्य पहिचान भएका र विदेशीको शव काठमाडौँ ल्याइँदै छ । घटनास्थलबाट सङ्कलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । सङ्कलन गरिएको ३९ शव पुरुषको र २५ शव महिलाको पहिचान भएको छ ।
अहिले सम्म ६८ जनाको शव भेटिएको छ । विमानमा सवार ४ जनाको अवस्था भने अझै अज्ञात छ । अहिलेसम्म २६ शवको सनाखत भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ ११:४७