काठमाडौँ- सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा मामाले आफनै भाञ्जाको घाँटी रेटेर हत्या गरेका छन् ।
कुपिण्डे–१० स्थित माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन् । नातामा उनीहरु मामा भाञ्जा हुन् । हत्या आरोपमा डम्बर पुरीलाई प्रहरीले पक्राउ गरिएको छ । डम्बरको घर नजिकै मन्दिरबाट प्रहरीले भिजनको शव बरामद गरेको छ ।
खुर्पाले रेटेर हत्या गरिएको पुजनको टाउको र शरीर लगभग छुट्टिएको छ । छालाको भागले टाउको अड्याएको अवस्थामा शव भेटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ १२:३०