एजेन्सी– प्रख्यात शेफ गोर्डन रामसे सामाजिक सञ्जालमा एक सक्रिय सेलिब्रेटी हुन् । उनले विभिन्न व्यक्तिहरूले तयार पारेका खानाहरूमा उनले दिने प्रतिक्रियाहरूका लागि उनी चर्चित छन् । शेफ सामसेको आफ्नो लन्डन रेस्टुरेन्टमा चिप्सको एक भागको लागि ८ पाउन्ड रु.७९७ ओभर चार्ज गरेको कारण आलोचनामा परेका छन् । उनका धेरै ग्राहकहरू निराशाजनक भएका छन् भने चिप्स स्वादहीन रहेको रामसेको आलोचना गरिरहेका छन् ।
सामसेको प्रख्यात रेस्टुरेन्ट ‘सभोय ग्रिल’ का ग्राहकहरूले महँगो फ्राइजको बारेमा गुनासो गर्न ट्रिपएडभाइजरका समेत गएका छन्। धेरैले मूल्य निल्न गाह्रो भएको भन्दै यतिबेला सेफको आलोचना गरिरहेका छन् ।
उनको आलोचना गर्दै एक व्यक्तिले लेखेका छन् ,‘हामीले चिप्सको दुई भागको लागि १५ पाउन्ड १४९७ तिर्नुपर्ने भयो जुन वास्तवमै पागलपन हो।’यसैबीच, रेस्टुरेन्टमा सबैभन्दा महँगो चीज लब्स्टर थर्मिडरको मूल्य ९० पाउण्ड रु ८,९६९ छ ।
रामसेको रेस्टुरेन्टमा खानाको गुणस्तरलाई लिएर ग्राहकहरु निराश भएको यो पहिलो पटक भने होइन। यसअघि, सेभोय ग्रिलमा सर्भ गरिएको अर्नोल्ड बेनेट सोफलको भिडियो र १८ पाउण्ड लगभग ₹१,८०० को मूल्य रहेको भिडियोले मानिसहरूको मुखमा नराम्रो स्वाद छोडेको थियो।
रामसेले २००३ मा ग्रिललाई लन्डन रेस्टुरेन्ट बजारमा ल्याएका थिए ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ १५:१५