काठमाडौं– माओवादी केन्द्रबाट सुदन किराँती र रेखा शर्मा मन्त्री बन्ने भएको छ । तेस्रो मन्त्रीको नाम अहिले सम्म खुलाउन बाकि नै रहेको छ ।
माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
अब तीन मन्त्री पठाउनुपर्छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी पदाधिकारीहरुसँग छलफल गरेका थिए ।
दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी छन् भने भोजपुरबाट निर्वाचित सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने पक्का पकी भइसकेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ १०:२६