काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन मन्त्रालय पाएको छ । यी तीन मन्त्रालयमा रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा। तोसिमा कार्कीलाई पठाउने निर्णय गरेको छ ।
मन्त्रालय भागबन्डा टुंगिएसँगै पार्टी सभापति लामिछानेले सरकारमा पठाउने तीन मन्त्रीको नाम टुंगो गरेका हुन् ।
शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं–६ बाट निर्वाचित सांसद हुन् भने अर्याल समानुपातिक सांसद हुन् । स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ ११:०१