काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुन तोलामा १ सय रूपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार १ सय रूपैयाँ रहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ४ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ ११:१६