एजेन्सी– पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम आफ्नो पछिल्लो प्रदर्शनलाई लिएर क्रिकेट स्पेक्ट्रमको केन्द्रबिन्दु बनेका छन्। पाकिस्तान क्रिकेट टोलीको खराब प्रदर्शन र कप्तानबाट हटाउने सम्भावनाबीच यतिबेला उनको व्यक्तिगत भिडियो–फोटो भाइरल भइरहेको छ । बाबार आजमको निजी च्याट र भिडियो भाइरलमा साथीको प्रेमिकासँग सेक्स च्याट गरेको आरोप उनलाई लागेको छ ।
केही भारतीय मिडियाका अनुसार ‘ईशा राजपूत’ को नाम बाट खोलिएको इन्सटाग्राम अकाउन्टबाट उनीमाथि यस आरोप लगाइएको हो । यस अकाउन्टमा ७ वटा पोस्ट रहेको छ जसमा दुई जनालाई फलो गरेका छन् भने ५ सय जना फलोअर्स रहेको छ ।
कतिले पाकिस्तानका कप्तान आजम ‘हनी ट्रयाप’ मा परेको आशङ्का गरिरहेको छ । केही सामाजिक सञ्जालमा बाबरले यो च्याट साथीको प्रेमिकासँग गरेको पनि दाबी गरिएको छ । सामाजिक सञ्जालमा सेयर गरिएका बाबरका भिडियो, च्याट र अडियो फाइलको सङ्ख्या देखेर धेरै फ्यानले उनको आलोचना गरेका छन् भने कतिले उनको बचाउ गरिरहेका छन् ।
बाबरमाथि केही समयअघि एक महिलाले शारीरिक शोषणको आरोप लगाएकी थिइन् । हमीजा मुख्तार नाम गरेकी महिलाले पत्रकार सम्मेलन आयोजना गरेर बाबर स्टार नबन्दै उनीसँग सम्बन्ध रहेको दाबी गरेकी थिइन् । मुख्तारले आफूहरू घरबाट भागेको र बाबरले आफूलाई अलग ठाउँमा राखेको बताएकी थिइन् । पछि ती महिलाले सबै आरोप फिर्ता लिएकी थिइन् ।
यस विषयमा बाबरले कुनै प्रतिक्रिया दिएका छैनन् भने पाकिस्तानको मिडियाले पनि यस विषयमा केही बोलेको छैन ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ ११:४६