काठमाडौं– कालिन्चोक दर्शनले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आज माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित १० लाख ८० हजार कित्ता सेयर छुट्याएको छ । दर्शनले आफ्ना चुक्ता पुँजी ६० करोडको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि छुट्याएको हो ।
यसमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषका लागि ५४ हजार कित्ता सेयर छुट्याएको कम्पनीले कर्मचारीका लागि २१ हजार ६०० कित्ता सेयर वितरण गरिसकेको छ ।
वैदेशिक रोजगारमा रहेको नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी बसेको ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओको आवेदन मिती छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गते बन्द हुनेछ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ १२:१७