काठमाडाैं- भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदत्याग गरेकेा त्यहाँकाे सरकारी समाचार समितिले जनाएको छ । राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् ।
आज भएको केन्द्रीय समितिको बैठकमा उहाँले पदत्यागको घोषणा व्यक्तिगत कारणले गर्नुभएको जानकारी दिइएको थियो । दुई वर्षअघि उनी भियतनामको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
यो महिनाको प्रारम्भमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भु डक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो ।उनीहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ १८:२१