धनगढी - सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा सत्ता पक्षबाट नेकपा (एमाले)का कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । प्रदेश सभाका मंगलबार साँझ बसेको पहिलो अधिवेशनको छैटौ बैठकले चौधरीलाई उपसभामुख निर्वाचित गरेको हो ।
५३ सदस्यीय प्रदेश सभामा उहाँले २८ मत पाउनु भएको सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठकमा घोषणा गरे । उनलाई नेकपा (माओवादी) र नेकपा (एमाले) का १०/१०, नागरिक उन्मुक्तीका सात र राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।
उपसभामुखको चुनावमा विपक्षी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मायादेवी पन्तले २३ मत पाए । उनका पक्षको एक मत बदर भएको छ । उनलाई नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र गरेर २४ मत प्राप्त हुनुपर्ने थियो ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ ०८:२०