काठमाडौं – नेपाली बजारमा बुधबार सुन तोलामा ६ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ४ हजार रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १५ रूपैयाँ घटेर प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ ११:०९