जनकपुरधाम– मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईसरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेशसभा बैठकबाट सभामुख पदमा निर्वाचित भएका मण्डल र उपसभामुखमा निर्वाचित भएका ईसरले शपथग्रहण गरेका हुन् । सभामुख मण्डललाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए भने उपसभामुख ईसरलाई सभामुख मण्डलले शपथ ग्रहण गराएका थिए ।
सभामुख मण्डलले आजै पदभार ग्रहण गरेका छन् । आज सभामुख मण्डलकै अध्यक्षतामा प्रदेश सभाको बैठक चलिरहेको छ । १०३ जना सहभागी प्रदेशसभा सदस्यमध्ये ७४ जनाले पक्षमा मतदान गरी मण्डल सभामुख पदमा निर्वाचित गराएका थिए भने २९ जनाले विपक्षमा मतदान गरेका थिए ।
त्यस्तै उपसभामुखको लागि भएको निर्वाचनमा १०१ जना सभासदस्य मध्ये ७२ जना सदस्यले पक्षमा मतदान गरी निर्वाचित गराएका थिए र उनको विक्षमा पनि नेकपा एस र नेपाली कांग्रेसका २९ जनाले मतदान गरेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९ १३:५६