ललितपुर – ‘राष्ट्रका लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ्ग’ भन्ने नाराका साथ तीनदिने राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न भएको छ । ललितपुरको नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकमा सम्पन्न तीनदिने प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, ओलमपियाड गरी ९ विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो । प्रर्दशनीमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए ।
उक्त कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ्ग केन्द्रिय क्याम्पस पुल्चोकको आयोजनामा माघ १० देखि १२ गतेसम्म सञ्चालन भएको थियो ।