एजेन्सी– कमनवेल्थ गेम्स र एसियाली खेलकुद दुवैमा स्वर्ण जित्ने पहिलो भारतीय महिला कुस्ती खेलाडी विनेश फोगाटले बुधबार भारतीय कुस्ती महासंघ र यसका अध्यक्ष बृजभूषण शरण सिंहविरुद्ध गम्भीर आरोप लगाएकी छन्। ओलम्पिकमा पनि भारतको प्रतिनिधित्व गरिसकेका उनले भने कि‘राष्ट्रिय प्रशिक्षकहरूले वर्षौंदेखि महिला कुस्ती खेलाडीहरूलाई दुर्व्यवहार गर्दैै ज्यान मार्ने धम्की दिईरहेका छन् । ’
उनले अन्य शीर्ष भारतीय पहलवानहरूसँग बुधबार नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन जनाएका छन्। उनीहरुले डब्लुएफआईका अध्यक्षलाई पदबाट हटाउन माग राखेका छन् ।
डब्लुएफआई अध्यक्षलाई नहटाएसम्म हामी कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने छैनौँ”, ओलम्पिक कांस्य पदक विजेता कुस्ती खेलाडी बजरंग पुनियाले विरोध प्रदर्शनमा घोषणा गरेका छन्।
सिंह २०११ देखि डब्लुएफआई को नेतृत्वमा छन्। उनी फेब्रुअरी २०१९ मा लगातार तेस्रो पटक डब्लुएफआईको अध्यक्ष निर्वाचित भएका थिए ।
‘हामीलाई बोल्यो भने हाम्रो करियर समाप्त हुन्छ भनेर धम्की दिइयो। महासंघका सदस्यहरूले महिला कुस्ती खेलाडीहरू विरुद्ध गालीगलौज गरे। हामीले प्रधानमन्त्रीलाई पनि सम्पर्क गरेका छौं, विनेशले थपे।
रियो ओलम्पिक पदक विजेता साक्षी मलिक, विश्व च्याम्पियनसिप पदक विजेता सरिता मोर, संगीता फोगाट, सत्यवर्त मलिक, जितेन्द्र किन्हा सहित अन्य कुस्ती खेलाडीहरू बुधबार जन्तर मन्तरमा भेला भएका थिए।
विश्व च्याम्पियनसिप पदक विजेता र ओलम्पियन विनेशले पनि लखनउको राष्ट्रिय शिविरमा धेरै प्रशिक्षकहरूले महिला कुस्ती खेलाडीहरूको शोषण गरेको दाबी गरे, उनले थपे कि क्याम्पमा केही महिलाहरू छन् जसले अध्यक्षको आदेशमा पहलवानहरूलाई सम्पर्क गर्छन्।
‘केही प्रशिक्षकहरू राष्ट्रिय महासंघसँग नजिक छन्। ती प्रशिक्षकहरूले युवा केटीहरूलाई शोषण गरेका छन्। थाहा छैन कति युवा केटीहरूले उनीहरूका कारण पीडित छन्,’ विनेशले थप भनिन्।
२८ वर्षीया उनले आफूले यस्तो शोषणको सामना नगरेको स्पष्ट गरे तापनि उनले आफूलाई डब्ल्यूएफआईका अध्यक्षको आदेशमा आफ्ना नजिकका अधिकारीहरूबाट ज्यान मार्ने धम्की आएको दाबी गरे । भारतीयहरूलाई समस्यामा परेका धेरै मुद्दाहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराउने साहस गरेकी उनले टोकियो खेलपछि मेदीसँग भेट गरेकी थिईन् ।
डब्ल्यूएफआईका अध्यक्ष बृजभूषण शरण सिंहले आरोपको जवाफ दिएका छन्। ‘पहलवानहरूले विरोध गरिरहेको थाहा पाएलगत्तै म यहाँ आएको हुँ। महासंघले हामीलाई दुर्व्यवहार गरेको छ भन्न सक्ने कोही छ र? उनले पत्रकार सम्मेलनमा भने । यदि महासंघमा यस्ता समस्या छन् भने १० वर्षसम्म किन कसैले प्रश्न उठाएनन्? नियम बनेपछि मुद्दा उठ्छ।’
ममाथि उनीहरुले लगाएको आरोपमा कुनै सत्यता छैन, यौन उत्पीडनको एउटा मुद्दा प्रमाणित भए पनि म फाँसी दिन तयार छु’ प्रमुख बृजभूषणले थपे। ‘म डब्लुएफआई अध्यक्षको पद छोड्ने छैन तर म सीबीआई वा पुलिसबाट अनुसन्धान गर्न तयार छु।’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ १०:५६