काठमाडौं– एमाले सांसद सुवासचन्द्र नेम्वाङले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।
लामो राजनीतिक इतिहास भएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरि निर्वाचित गराउन नेम्वाङले आग्रह गरेका हुन् ।
नेम्वाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन् । घिमिरे सत्तागठबन्धनबाट साझा उम्मेदवार हुन् ।
घिमिरेका समर्थक माओवादीका सांसद हितराज पाण्डेले सम्बोधन गरिरहेका छन् ।
प्रतिनिधिसभाको सभामुखमा घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्दै नेम्वाङले गरेको प्रस्तावको समर्थन गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ १२:२४