रूपन्देही – प्रभु बैंक लिमिटेडले रूपन्देहीको रोहिणी गाउँपालिका–३, धकधइमा नयाँ शाखा स्थापना गरि कारोबार सुरु गरेको छ । २०५ औं शाखाको रूपमा सञ्चालनमा ल्याइएको उक्त शाखाको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गरेका थिए ।
उक्त अवसरमा यादवले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरूमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारीलगायतको उपस्थिति रहेको थियो ।