काठमाडौ– नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताएका छन् ।
सभामुखको निर्वाचनका क्रममा भाग लिँदै निधिले प्रतिनिधिसभा फेरि विघटन हुने हो कि भने चिन्ता लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।
उनले आफूहरुले विश्वासको मत दिएको, तर एमालेलाई चिन्ता लागेको उनले बताए । कांग्रेस सांसद निधिले अघि भने, ‘आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीलाई विपक्षीले मत दिँदा त खुसी व्यक्त गर्नु पर्ने हो, उहाँलाई दुःख लागेको छ । के भएको यो ?’
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ १३:०८