काठमाडौं–आज हुने सभामुखको चुनावमा जनता समाजवादी पार्टीले एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय भएको छ ।
आज बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टीका प्रचार प्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।
जसपा सरकारमा सहभागी नभएको कारण कांग्रेसका उम्मेदवार इश्वरी न्यौपानेलाई मतदान गर्ने हो कि भनि आशंका भइरहेको थियो । जसपा संसदीय दलको बैठक तीनदेखि बसिरहेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ १३:१८