काठमाडौं— नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि ‘जीवन बीमक संघ नेपाल’ नामक संस्था स्थापना भएको छ । बीमक कम्पनीहरूबीच आपसी छलफल तथा सहजीकरणमार्फत् जीवनबीमा सम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीतिनिर्माण गर्न सहयोग पु¥याउने हेतुले मुनाफारहित संस्थाको आवश्यकता महशुस गरी संस्थादर्ता ऐन, २०३४ बमोजिम “जीवनबीमक संघ नेपाल”नामक संस्थाको स्थापना भएको हो । यस संघको उद्देश्यमा जीवनबीमा व्यवसाय तथा सोको विकाससँग सम्बन्धित नीति नियमहरूको तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कार्यमा नियामक निकायलगायत नेपाल सरकारका अन्य निकायलाई जीवनबीमासँग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराई सहयोग पु¥याउनेलगायतका उद्देश्य राखी संस्था स्थापना गरिएको जनाइएको छ ।
यस संघको कार्य समितिका पदाधिकारीहरूमा सूर्या लाइफइन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे –अध्यक्ष, मेट लाइफ, अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुखकार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठ– उपाध्यक्ष, सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लि. का प्रमुखकार्यकारी अधिकृत पोषक राजपौडेल –सचिव, रिलायन्स लाइफइन्स्योरेन्स लि. का प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुली– कोषाध्यक्षतथा सदस्यहरूमा राष्ट्रिय बीमा संस्थानका प्रमुखकार्यकारी अधिकृत कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुखकार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि.का प्रमुखकार्यकारी अधिकृत नारायण बाबु लोहनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुखकार्यकारी अधिकृत राजकुमार अर्याल र ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लि. का नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री छन् ।