काठमाडाैं - साग पदकधारी जुडोकी मनिता श्रेष्ठको खुट्टाको शल्यक्रिया भएको छ । नवौं राष्ट्रिय खेलकुदकी स्वर्णधारी समेत रहेकी श्रेष्ठको बि.एण्ड बी. अस्पतालमा दाहिने खुट्टटको लिगामेन्टको शल्यक्रिया भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराएका हुन् ।
गण्डकी प्रदेशको पोखरामा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदका दौरान खुट्टामा चोट बोकेकोमा आईसिङ्ग गरेर ठिक भएको मानेर जापानमा आयोजना भएको बिश्व च्याम्पियनसिपमा सहभागिता जनाई रहेको अवस्थामा पुन समस्या बल्झिएको थियो ।
श्रेष्ठले उक्त च्याम्पियनसिपमा एक बाउट खेल जितेको समेत अध्यक्ष श्रेष्ठले जानकारी गराए । डा. विवेक बासुकलाका अनुसार अव श्रेष्ठको ३५ दिन पछि प्लास्टर खोलिने र पूर्ण रुपमा खेलमा फर्कन ५ महिना लाग्ने छ । उनी हाल २०२४ को ओलम्पिक तयारीका क्रममा ओलम्पिक सोलिडारिटी अन्तरगत प्रशिक्षणमा रहेकी छिन् ।
दुलाल तेश्रो चरणमा प्रवेश
नेपाली खेलाडी राजेन्द्र दुलाल २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप २०२३ को पुरुष ४५ बर्ष माथी समूहमा भारतमाथी ३–० को जित निकाल्दै तेश्रो चरणमा प्रवेश गरेका छन् ।
दुलालले भारतिय खेलाडी पारिख हार्दिकलाई ११–२, ११–२, ११–१ को सोझो सेटमा पराजित गर्दै तेश्रो चरण प्रवेश गरेको मस्कटबाट टिम प्रशिक्षक अनिता महर्जनले जानकारी गराएको छ ।
श्रीलङकन टोली नेपालमा
पोखरामा आयोजना हुने तेश्रो टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न श्रीलङकन टोली नेपाल आईपुगेको छ । पोखरामा यहि माघ ८ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालका ४ टिम सहित श्रीलङकन टिमले पनि सहभागिता जनाउन लागेको छ । श्रीलङकन टोली आजै बेलुका पोखरा पुग्ने छ ।