काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रानाको प्रस्तावकमा राश्वपाकी साेबिता गाैतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन रहेका छन् ।
रानालाई सत्ता साझेदार दलहरूको समर्थन रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ १५:४४