काठमाडाैं - सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले) सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।
नवनिर्वाचित सभामुख घिमिरेले आज शुक्रवार प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’
हिजाे बिहीबार भएको चुनावमा घिमिरेको पक्षमा एक सय ६७ मत प्राप्त भएको थियो भने विपक्षमा एक सय मत परेको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ १५:५४