काठमाडाैं - विश्व भेट्रान्स च्याम्पियनसिपमा दुलाल र मानन्धरको जोडी फाईनलमा पुगेका छन् ।
नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडी २० औं विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ को पुरुष डबल्स ४५ वर्ष माथी समूहमा भारतमाथी ३–२ को जित निकाल्दै फाईनल प्रवेश गरेका हुन्।
प्रशिक्षक अनिता महर्जनले मस्कटबाट जानकारी गराए अनुसार दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी पियुष दुवा र महेशचन्द्रको जोडीलाई ११–६, ६–११, ९–११, ११–९, ११–१ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
फाईनल खेल भोली बिहान ११ बजे रहेको समेत प्रशिक्षक महर्जनले जानकारी गराइन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ १६:५३