काठमाडाैं - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् ।
शर्माको पक्षमा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, नेकपा एकीकृत समाजवादी एक र एक स्वतन्त्रसहित २५ जना सांसदले मतदान गरेका छन् ।
उनको विपक्षमा १४ मत परेको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
कर्णालीको मुख्यमन्त्री पद एमाले र कांग्रेसले आधा/आधा समय बाँड्ने सहमति भएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ १७:२७