काठमाडौं– पोखरामा आयोजित ‘लिटल फेरी पोखरा–२०१९’को उपाधि स्यारोन बुढामगरले जितेकी छन् । ग्लोबल कलिजियट स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया स्यारोनले आफ्ना २५ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुमेकी हुन् । बुढामगरले उपाधिसँगै मस्ट हार्डवर्किङको सवटाइटलसमेत प्राप्त गरिन् । साथै, उनले क्राउनसहित २५ हजार बराबरको पुरस्कार समेत पाएकी छन् । एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा पोखराका बिभिन्न १६ बिद्यालयका ७ वर्षदेखि १२ वर्षसम्म उमेर समूहका नानीहरूले भाग लिएका थिए ।
तेश्रो संस्करणको यस प्रतियोगीतामा समुह ‘ए’बाट शिशु निकेतन स्कुलकी कक्षा ३ मा अध्ययनरत छात्रा रेजलिन श्रेष्ठ फस्ट रनरअप, प्रतिभा बोर्डिङ स्कुल कक्षा ३ मा अध्ययनरत एन्जिया थापामगर सेकेण्ड रनरअप र मदरल्याण्ड उच्च मावि कक्षा २ मा अध्ययनरत इप्सु न्यौपाने थर्ड रनरअप भए ।
त्यस्तै समूह ‘बी’ बाट करुणानीधि एजुकेशन फाउण्डेशन कक्षा ४ मा अध्ययनरत सिम्रन मल्ल फस्ट रनरअप, शिशु निकेतन स्कुल कक्षा ४ मा अध्ययनरत अनन्या खत्री सेकेण्ड रनरअप, सरस्वती आवासिय विद्याश्रम कक्षा ५ मा अध्ययनरत सचिना गुरुङ थर्ड रनरअप र मदरल्याण्ड उच्च मावि कक्षा ३ मा अध्ययनरत छात्रा ग्रीष्मा गिरीले भिवर च्वाईसको उपाधि हात पारेका छन् ।
प्रतियोगीलाई बोल्ने कला, स्टेज प्रस्तुती, प्रश्न उत्तर बिधि, अनुशासन, सामुहिक नृत्य, आर्ट एण्ड क्राफ्ट, चित्रकला, क्याटवाक आदीमा दख्खलता हासिल गरी फाइनल प्रतिष्पर्धामा उतारिएको कार्यक्रम संयोजक इनिशा दुरा मगरले जनाइन् ।