एजेन्सी– बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको आरोपमा सामाजिक सञ्जालमा क्लिप खिचेको भन्दै शुक्रबार जरिवाना तोकेको छ ।
सुनकले बिहीबार ‘न्यायको संक्षिप्त त्रुट’ भनेर माफी मागेका थिए। उनले सिट बेल्ट नलगाई इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा आफ्नो कारको पछाडिको सिटमा भिडियो खिचेका थिए।
‘लन्काशायरमा चलिरहेको कारमा यात्रु हुँदा एक व्यक्तिले सिट बेल्ट नलगाएको भिडियो सामाजिक सञ्जालमा भेटिएको हुदा हामीले आज लन्डनका एक ४२ वर्षीय व्यक्तिलाई निश्चित जरिवानाको सशर्त प्रस्तावको साथ जारी गरेका छौं।’ लन्काशायर प्रहरीले ट्विटरमा भनेका छन् ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९ १२:०१