काठमाडौं–कालिञ्चोक दर्शनको साधारण सेयर (आईपीओ)मा १४ लाख ३२ हजार ८८१ जनाले आवेदन दिएका छन् । सीडीएसी एण्ड क्लियरिङका अनुसार अन्तिम समयसम्म उक्त आवेदन परेको हो । उक्त सङ्ख्याका आवेदकले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको सेयर माग गरेका छन् ।
कम्पनीले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरूका लागि र ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो । यस्तै, २१ हजार ६०० कित्ता कर्मचारीलाई छुट्टाइएको थियो ।
बाँकी रहेको ८ लाख ९६हजार ४०० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री खुलाइएको थियो । तर, यस अवधिमा सर्वसाधारणबाट बिक्री खुलाइएकोभन्दा साढे १८ गुणा बढी सेयर माग भएको हो ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९ १२:४४