एजेन्सी– किम कार्दशियनले डायना, प्रिन्सेस अफ वेल्सले धेरै अवसरमा लगाएको हिराले बनेको अटल्लाह क्रस पेन्डन्ट १६३,८०० पाउन्डमा खरिदेकी छन् ।
बुधवार लन्डनको सोथेबीको लिलामी घरमा रोयल र नोबल संग्रह बिक्रीको अन्तिम पाँच मिनेटमा, कार्दशियनका प्रतिनिधिले एमेथिस्ट क्रसको लागि दौडिरहेका अरूलाई सफलतापूर्वक पछाडि पारेर आफनो बनाएकी हेन् ।
अक्सन हाउस सोथबीका अनुसार यो नेकलेसलाई सन् १९२० मा ब्रिटिस ज्वेलर गेरार्डले बनाएको थियो। यसलाई लन्डनमा एक लाख ६२ हजार ८ सय डलरमा बेच्नुपर्ने थियो। यस हारका लागि लिलामीमा चार बिडरले बोली लगाएता पनि किमले सबैभन्दा बढी बोली लगाएर किनेकी हुन्।
किम ऐतिहासिक वस्तु किन्न सोखिन छिन्। उनले यस अघि पनि एलिजाबेथ टेलर, ज्याकी ओ र अन्यले दान गरिसकेका वस्तुहरू खरिदेकी छन् ।
ऐतिहासिक आइटम लगाउन मन पराउने किमले यस अघि मार्लिन मोनरोको सबैभन्दा प्रतिष्ठित पोशाक मध्ये एक लिलामिमा किनेकी थिइन् । जुन उनले मेट गालामा
लगाएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९ १३:२४