काठमाडौं- दाङमा एक वृद्धले १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले प्रकाउ गरेको छ
घोराही महानगरपालिका– ९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छविलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९ १६:४१