काठमाडौं– धरानका मेयर हर्क साम्पाङले पनि सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन डोजर प्रयोग गरेको छ। धरान उपमहानगरपालिकाले आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो ।
धरान उपमहानगपालीकाले डोजर चलाएपछि स्थानियले विरोध जनाएको छ । प्रहरीका अनुसार डोजर चलाउने क्रममा सुरक्षाकर्मि र स्थानीयबिच झडप भएको थियो । स्थानियले ढुङा मुडा प्रहार गर्दा डोजरको सिसा फुटनका सार्थै केहि व्यक्ति सामान्य घाइते भएको बताइएको छ । उपमहानगपालिकाले सार्वजनिक जग्गा खोला अतिक्रमण गरेर मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।
धरान–५ को खारखोला र अधेरी खोलाको संगम स्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताए ।
उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको बताइएको छ ।
धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास गर्न थालेको र पटकपटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९ १३:०९