म गरिबको स्वाभिमान छैन ,आमा स्वाभिमानले भोक मेटिन्न रे ,
आफ्नै दाजुभाईले पर्देशी भने आमा ,अब त साथि पनि भेटिन्न रे ।
तिम्रै यादले भक्कानो छुट्छ आमा, कात्रो नओडी तिम्रो छाती पनि टेकिन्न रे ,
मानवता हराएको देशमा सफलता खोज्न भौतारिएँ आमा, अब त खुसि पनि देखिन्न रे ।
कल्पनाको पल नै खुसिका छेड बने आमा तेसैले हारिसकेँ म,
एकैछिन मलाई तिम्रो काखमा सुताउ आमा सारै थाकिसके म ।
मस्तिस्कमा बोकीआथे सपना सबै भन्नेले भन्छन्भा गीसके म ,
बेचिखाइस् संस्कृति भन्छन् आमा धनकै मातले मातिसके रे म ।
कति आरोप मेरो नामलाई कलंकित पारे सुन्दासुन्दै आतिसकेँ म ,
हुन त तिम्रै छोरो हुँ म, आमा तर अर्काकै मुलुकमा भास्सिसकेँ म।।
क्षितिज खड्का, अस्ट्रलिया