जापान - जापानका प्रधानमन्त्री फुमियो किसिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झारिने बताएका छन् ।
प्रधानमन्त्री किसिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन पनि दिएका छन् ।
जापानमा अहिले कोभिडलाई दोस्रो श्रेणी दिइएको छ । यस श्रेणी क्षयरोग र एभियन इन्फ्लुएन्जा बराबर छ ।
यसबाहेक अधिकारीहरूले यसलाई मौसमी इन्फ्लुएन्जाको बराबरीमा पाँचौँ स्थानमा राख्ने योजना बनाएको जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार समिति सीएनएनल जनाएको छ ।
जापानमा अझै पनि प्रतिदिन एक लाख कोरोना भाइरस सङ्क्रमणहरु देखापर्ने गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ ०८:५३