काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छन् ।
प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुखमा पदको भूमिकालाई स्वतन्त्र, मर्यादित र विश्वनीय बनाउ त्याृ पदमा रहुन्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गरेकाे हो ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् । उनले आजै उपसभामुख पदको सपथ लिदै छिन् ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ १०:२२