काठमाडौं– नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ५० पैसा र बिक्रीदर १३० रूपैयाँ २५ पैसा तोकिएको छ ।
रोपियन युरो खरिददर १४० रूपैयाँ ६० पैसा र बिक्रीमा १४१ रूपैयाँ २५ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रूपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रूपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ ।
साउदी अरेवियन रियालको खरिददर ३४ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३४ रूपैयाँ ६४ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५२ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रूपैयाँ २२ पैसा र बिक्रीमूल्य ३० रूपैयाँ ३६ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रूपैयाँ ५३ पैसा र बिक्रीमा १० रूपैयाँ ५७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रूपैयाँ ५४ पैसा र बिक्रीमा १६ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४२४ रूपैयाँ २४ पैसा र बिक्रीमा ४२६ रूपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिदमा ३४३ रूपैयाँ ५० पैसा र बिक्रीमा ३४५ रूपैयाँ ९ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ ११:३९