नेपालगन्ज । जिल्ला पशु सेवा कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुले कार्यालयले संचालनमा ल्याएको हेल्पडेस्कलाई ब्यवस्थित गर्नुपर्ने बताएका छन् ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बासले आज सो कार्यालयमा गरेको हेल्पडेस्क तथा गुनासो सुन्ने कार्यक्रम मोवाईल एलाकमा सेवा लिन आएका सेवाग्राहीहरुले यस्तो बताएका हुन । कार्यालयले प्रवाह गर्ने सेवा सुविधा राम्रो भएको भन्दै थप प्रभावकारी बनाउन हेल्पडेस्कलाई ब्यवस्थित गर्नुपर्ने उनीहरुले बताएका हुन । हेल्पडेस्कका क्रममा सेवाग्राहीहरुले ग्रमिण स्तरमा क्याम्पहरु तथा अभियानहरु संचालन गर्दा सबैलाई सुचना पुग्ने गरी प्रवाह गर्नुपर्ने, कार्यालयले उपलब्ध गराउने औषधीको बिवरण सेवाग्राहीले देख्ने र्ठाँउमा राख्नु पर्ने, कार्यालय हाता भित्र छाडा चौपायाहरु आवत जावत गर्ने समस्या भएकाले सो समाधान गर्नुपर्ने, ग्रामिण स्तरमानै सेवा उपलब्ध गराउन कार्यालयले जनशक्ति परिचालन गर्नुपर्ने, खुल्ला रुपमा संचालीत मासु पसलहरुको अनुगमन गर्नुपर्ने, मासु र दुधको मुल्यमा एकरुपता ल्याउनुपर्ने लगायत गुनासाहरु राखेका थिए । हेल्पडेस्कका क्रममा आएका गुनासाहरु आज नै बासका कार्यक्रम अधिकृत हेमराज भट्टले जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख बेद बहादुर केसीलाई जानकारी गराएका थिए । गुनासा तथा सुझाव सुनीसकेपछि आएका गुनासाहरु जायज भएको भन्दै तत्काल सम्बोधन गर्ने प्रमुख केसीले प्रतिबद्धता गरे । कार्यक्रममा बासका कार्यक्रम अधिकृत हेमराज भट्ट, स्वयम्सेवक संयोजक बिनोद थापा, स्वयम् सेवकहरु सर्मिला थापा, पुजा रस्तोगी, कुमार चौधरी, खेम बिष्ट लगायतले डेस्क मार्फत सेवा दिएका थिए ।